बैंक बलियो भएमात्रै अर्थतन्त्र सबल हुन्छ : शेखर गोल्छा

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले सरकारले विकास खर्च नबढाएसम्म अर्थतन्त्र चलायमान बन्न नसक्ने बताएका छन्।

सोमबार काठमाडौंमा भएको ग्लोबल आईएमई बैंक र बैंक काठमाण्डूबीचको एकीकृत कारोबार सुरु भएको उपलक्ष्यमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।

अध्यक्ष गोल्छाले नेपालको अर्थतन्त्र चुनौतीपूर्ण रहेको भन्दै आर्थिक स्थितिलाई सुधार गर्दै जान आवश्यक रहेको बताए। उनले तरलताको अभावमा व्यापारहरू संकुचनमा गएकाले निजी क्षेत्रको मनोबल गिरेको पनि बताए।

उनले वर्तमान अवस्थामा केही सुधारको अवस्था देखिएको बताए। उनले सरकारी खर्च बढाउन निजी क्षेत्रले सरकारसँग पहिलो माग गरेको बताए। उनले मौद्रिक नीतिमा क्यालकुलेट रिस्क लिनैपर्ने अहिलेको आवश्यकता रहेको औंल्याए।

उनले सेफ्टी हेरेर मात्रै अघि बढ्ने हो भने समृद्धिको अपेक्षा पूरा गर्न नसकिने बताए। उनले बैंक बलियो भएमात्रै अर्थतन्त्र सबल हुने बताए।

अध्यक्ष गोल्छाले निजी क्षेत्रलाई लगानीमैत्री वातावरण नबनाएसम्म देशमा समृद्धि सम्भव नरहेको बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *