हवाई भाडा घट्यो, यस्तो छ नयाँ भाडादर

सरकारले हवाई इन्धनको मूल्य घटाएसँगै हवाई भाडा पनि घटाइएको छ । आयल निगमले इन्धनको मूल्यमा प्रतिलिटर २० रुपैयाँ कटौती गरेसँगै वायुसेवा सञ्चालक संघले हवाई भाडा घटाएको हो ।

संघका अनुसार काठमाडौंदेखि धनगढीसम्मको उडानमा सबैभन्दा धेरै आठ सय ८५ रुपैयाँ भाडा घटेको छ । यो गन्तव्यका लागि सात हजार पाँच सय दश रुपैयाँ कायम भएको छ । काठमाडौंदेखि धनगढीसम्म अधिकतम भाडा १६ हजार एक सय ४० रुपैयाँ कायम भएको छ ।

काठमाडौंबाट हुने पर्वतीय उडान (माउन्टेन्ट फ्लाइट)मा छ सय ८५ रुपैयाँ भाडा घटेर अधिकतम१४ हजार दुई सय पाँच रुपैयाँ कायम भएको छ । काठमाडौं–सिमरामा एक सय ८० रुपैयाँ भाडा घटेको छ । त्यस्तै काठमाडौं–भद्रपुरमा छ सय रुपैयाँ, काठमाडौं–विराटनगरमा चार सय ८५ रुपैयाँ, काठमाडौं–जनकपुरमा दुई सय ६०, काठमाडौं–भरतपुरमा दुई सय १५ रुपैयाँ र काठमाडौं–पोखरामा तीन सय २० रुपैयाँ भाडा घटेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *