वामपन्थी दलहरूको एकता नटिके पनि सहकार्य टिक्छ : देवेन्द्र दाहाल

नेकपा एमालेका राष्ट्रिय सभा सदस्य देवेन्द्र दाहालले निर्वाचन अगाडि गठबन्धन गर्ने प्रवृति असल भएको बताएका छन्।

सोमबार बसेको राष्ट्रिय सभाको बैठकमा बोल्दै दाहालले गठबन्धन सफल बन्नेभन्दा पनि निर्वाचन अगाडिको गठबन्धनले नेपाली कांग्रेसलाई मात्रै फाइदा पुगेको बताए। उनले नेपालमा वामपन्थी दलहरूको एकता नटिके पनि सहकार्य टिक्ने अवस्था देखिएको बताए।

उनले वर्तमान सरकारमा नयाँ–पुराना सबै खालका राजनीतिक दलहरूको प्रतिनिधित्व रहेको बताए। उनले संसद्ले कानून निर्माण गर्ने भए पनि कानून निर्माण प्राथमिकतामा नपरेको बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर