अहिलेको व्यवस्थाले राष्ट्रिय सहमतिको सरकारको परिकल्पना गर्दैन : प्रदीप पौडेल

नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले अहिलेको व्यवस्थाले राष्ट्रिय सहमतिको सरकारको परिकल्पना नगरेको बताएका छन्। सोमबार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्।

उनले अहिलेको संविधानले सत्तापक्ष र प्रतिपक्षको परिकल्पना गरेकाले राष्ट्रिय सहमतिको सरकार बन्ने अवस्था नरहेको बताए। उनले नेपाली कांग्रेसका लागि प्रतिपक्षको भूमिका अवसर रहेकाले यो अवसरलाई सही सदुपयोग गर्नुपर्ने बताए।

उनले बेथितिका विरुद्ध पार्टीले जनताको आवाजलाई बुलन्द गर्ने बताए। उनले नेपाली कांग्रेसले नयाँ ढंगबाट आएको सन्देश जनतालाई दिन सक्नुपर्ने बताए। सांसद पौडेलले कांग्रेसले प्रतिपक्षमा रहेर जनताका समस्या उजागर गरेर संसद्लाई प्रभावकारी बनाउने बताए।

सांसद पौडेलले आजको बैठकमा शीर्ष नेताहरूले सुशासन र बेथिति अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गरेकाले आगामी दिनमा यस कार्यमा लाग्न पहल हुने विश्वास लिएको बताए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *