सरकारले संसद्मा हचुवामा प्रस्ताव ल्याउनु हुँदैन : प्रेम सुवाल

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले सरकारले संसद्मा हचुवामा प्रस्ताव ल्याउन नहुने बताएका छन्।

सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले विगतमा सरकारले हचुवामा प्रस्तावहरू ल्याएको भन्दै आगामी दिनमा त्यसो गर्न दिन नहुने बताएका हुन्। उनले संसद्लाई प्राज्ञिक थलो बनाउन आवश्यक रहेको पनि बताए।

उनले सत्ता र प्रमुख प्रतिपक्षबीचको भागबण्डा नमिलेमात्र प्रजातन्त्र बलियो हुन्छ भन्ने मानसिकता त्यागरे देशका लागि आवश्यक काम गर्नुपर्नेमा जोड दिए। उनले नेपालको अर्थतन्त्र कमजोर बनिरहेकाले सरकारले अर्थतन्त्र सुधारका लागि आवश्यक काम गर्नुपर्ने बताए। उनले गठबन्धन पद र पैसामा गर्न नहुने भन्दै नेपालको हित नहेर्नेहरू नेपाली नागरिक हुन नसक्ने बताए।

सांसद सुवालले एसपीपी र एमसीसी नेपालको हितविपरीत रहेको भन्दै किन खारेज नगर्ने भन्दै संसद्मा प्रश्न उठाए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर