सरकारले स्विकार्याे राप्रपाकाे शर्त : पुस २७ गते सार्वजनिक बिदा

सरकारले पृथ्वी जयन्तीको दिन २७ पुसमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ। सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले उक्त दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हाे।

सत्ता साझेदार दल राप्रपाले २७ पुसलाई राष्ट्रिय एकता दिवसको मान्यता दिएर सार्वजनिक वबदा दिन माग गर्दै आएको थियो। सत्ता साझेदार दलहरूको न्यूनतम साझा कार्यक्रममा पनि २७ पुसमा सार्वजनिक बिदा दिने उल्लेख थियो। सो न्यूनतम साझा कार्यक्रमलाई सोमबारकै मन्त्रिपरिषद् बैठकले पारित गरेको छ।

गोरखाका राजा पृथ्वीनारायण शाहले नेपालको भौगोलिक रूपमा एकीकरण गरेका थिए। उनको जन्मजयन्तीको अवसरमा विगतमा नेपालमा सार्वजनिक बिदा दिने प्रचलन रहे पनि २०६२/०६३ को जनआन्दोलनपछि बिदा दिन छाडिएको थियो।

यस वर्ष सरकार निर्माणका लागि महत्त्वपूर्ण घटक राप्रपाले सरकारलाई समर्थन दिन र सरकारमा सहभागी हुन २७ पुसमा सार्वजनिक बिदा दिनुपर्ने अडान नै राखेको थियो। जसलाई सरकारले स्वीकार गरेको हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *