बागमतीका मुख्यमन्त्री र दुई मन्त्रीले लिए शपथ

बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री शालिकराम जमरकट्टेलले पद तथा गोपनीयताको शपथ लिएका छन्। प्रदेश प्रमुख यादवचन्द्र शर्माले मुख्यमन्त्री जमरकट्टेललाई आज बिहान ९ः४० मा पद तथा गोपनीयताको शपथ गराएका हुन्।

मुख्यमन्त्री जमरकट्टेलको सिफारिसमा नेकपा (एमाले) संसदीय दलका नेता जगन्नाथ थपलिया र राप्रपा संसदीय दलका नेता उद्धव थापालाई प्रदेश प्रमुख शर्माले मन्त्रीमा नियुक्त गरेका छन्। नवनियुक्त दुई मन्त्रीलाई पनि प्रदेश प्रमुख शर्माले पद तथा गोपनीयताको शपथग्रहण गराए।

थपलियालाई आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी दिइएको छ भने मन्त्री थापालाई बिनाविभागीय मन्त्रीका रूपमा नियुक्त गरिएको हो। मुख्यमन्त्री जमरकट्टेलले बागमती प्रदेशको १४ मन्त्रालयलमध्ये १३ मन्त्रालय अर्को मन्त्रिपरिषद् विस्तार नभएसम्मका लागि आफैैले सम्हाल्नेछन्।

नवनियुक्त मुख्यमन्त्री जमरकट्टेल धादिङ जिल्लाको प्रतिनिधि सभा क्षेत्र नं. १ प्रदेश सभा १ बाट निर्वाचित हुन्। नवनियुक्त आर्थिक मामिला तथा योजनामन्त्री थपलिया चितवन १ प्रदेश सभा १ र बिनाविभागीय मन्त्री थापा काठमाडौं क्षेत्र नं. ८ प्रदेश सभा २ बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका हुन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *