प्रचण्डलाई विश्वासको मत दिने कांग्रेसकाे निर्णय

नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिने भएको छ।

मंगलबार संघीय संसद् भवन नयाँ बानेश्वरमा बसेको कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरेको बैठकमा सहभागी एक नेताले जानकारी दिए।

यसअघि पार्टी सभापति शेबहादुर देउवा निवास धुम्बाराहीमा बसेको पदाधिकारी बैठकमा विश्वासको मतबारे नेताहरूबीच मत बाझिएको थियो। उक्त बैठकमा निर्णय हुन नसकेपछि कार्यसम्पादन समितिको बैठक बसेको हो।

प्रधानमन्त्री प्रचण्डले मंगलबार दिउँसाे १ बजे बस्ने प्रतिनिधि सभा बैठकमा विश्वासकाे मत लिँदैछन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर