प्रचण्डलाई लोसपाले विश्वासको मत दिने, राजमोले नदिने

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिने भएको छ।

लोसपाका सांसद शरतसिंह भण्डारीले पार्टीले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिने निर्णय गरेको जानकारी दिए। उनले भने, ‘हाम्रो पार्टी (लोसपा)ले प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरेको छ।’

यसअघि लोसपाको संसदीय दलको बैठकले अध्यक्ष  महन्थ ठाकुरलाई विश्वासको मतबारे निर्णय गर्ने अधिकार दिएको थियो। लोसपाको प्रतिनिधिसभामा चार सांसद छन्। प्रधानमन्त्री दाहालले केहीबेरपछि सुरु हुने प्रतिनिधि सभाको बैठकबाट विश्वासको मत लिनेछन्।

तर, राष्ट्रिय जनमोर्चाले भने विश्वासको मत नदिने भएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *