सरकारले भ्रष्टाचारीलाई मृत्युदण्ड दिने कानूनी व्यवस्था गराेस् : प्रेम सुवाल

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले ठूलाठूला भ्रष्टाचारमा संलग्नहरूलाई मृत्युदण्ड दिने कानूनी व्यवस्था गर्न सरकारसँग माग गरेका छन्।

मंगलबार प्रतिनिधि सभा बैठकमा सरकारलाई विश्वासको मत दिने प्रस्तावमाथिको छलफलमा भाग लिँदै उनले बलात्कारको जघन्य अपराधमा संलग्न, मानव अधिकारको गम्भीर उलंघनकर्ता र नेपालको आन्तरिक कुरा विदेशीलाई पुर्‍याउनेहरूलाई पनि मृत्यदण्डको सजाय दिनेगरी सरकारले कानूनी व्यवस्था गर्नुपर्ने बताए।

सांसद सुवालले कालापानीबाट भारतीय सेना फिर्ता पठाउन, भारतले मिचेको नेपालका सबै भूमि फिर्ता गर्न पनि सरकारलाई दबाब दिए। उनले काठमाडौं उपत्यका विकास प्राधिकरण आवश्यक नभएको भन्दै तत्काल खारेज गर्न पनि सरकारको ध्यानाकर्षण गराए।

सांसद सुवालले चुरे क्षेत्रको ढुंगा–गिट्टी भारतलाई खरिदबिक्री गर्ने काम बन्द गर्नुपर्ने बताए। उनले काठमाडौं उपत्यकाका औंद्योगिक क्षेत्रहरू उपत्यकाबाहिर सार्ने निर्णय कार्यान्वयन गर्न पनि सरकारले ढिलाइ गर्न नहुने बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *