संसद् विघटनबारे प्रधानमन्त्री प्रचण्डको घुमाउरो जवाफ

प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले संसद् विघटन गर्ने वा नगर्ने भन्ने विषय सत्ता साझेदार दलहरूभित्रको मात्रै विषय नभएको बताएका छन्।

प्रमुख प्रतिपक्ष दलका नेता शेरबहादुर देउवाले सो विषयमा प्रधानमन्त्रीको धारणा माग गरिरहँदा प्रधानमन्त्री दाहालको यस्तो जवाफ आएको हो। उनले संविधानको कार्यान्वयन गर्नेदेखि सबै विषयमा सत्ता साझेदार दलहरूले न्यूनतम साझा कार्यक्रम बनाएको र आफूलाई त्यसबाट दायाबायाँ हुने कुनै पनि छुट नरहेको समेत स्पष्ट पारे।

प्रधानमन्त्री दाहालले संविधानको भावना र मर्मअनुसार अघि बढ्न सत्ता साझेदार दलहरू प्रतिबद्ध रहेको पनि बताए। संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान सबै ठूला राजनीतिक दलहरूको सहमतिमा बनाइएको र त्यसलाई कार्यान्वयन गरेर जाने कुरामा सत्ता साझेदार दलहरूबीच पनि एकमत रहेको उनको भनाइ थियो।

प्रधानमन्त्री दाहालले संविधानको रक्षाका निम्ति आफू अन्तिम समयसम्म प्रयासरत रहने पनि बताए। प्रधानमन्त्री दाहालले संसद्लाई सर्वोपरी ठानेर सरकार अघि बढ्ने पनि बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर