ईन्द्रेणी कम्प्लेक्समा बम राखेर ३ करोड फिरौती माग्ने ११ वर्षपछि पक्राउ

काठमाडौंको बिजुलीबजारस्थित ईन्द्रेणी कम्प्लेक्समा बम राख्ने व्यक्तिलाई प्रहरीले ११ वर्षपछि पक्राउ गरेको छ। पक्राउ पर्नेमा गोदावरी नगरपालिकाका अन्दाजी ३५ वर्षीय महेश केसी खत्री छन्। उनलाई ललितपुरकाे चापागाउँबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख एसएसपी भरत बोहराले जानकारी दिए।

एसएसपी बोहराका अनुसार वि.सं. २०६८ मा खत्रीसहित ४ जनाले ईन्द्रेणी कम्प्लेक्समा बम राखेका थिए। उनीहरूले कम्प्लेक्सका सञ्चालक शम्भु भन्ने दिलबहादुर श्रेष्ठलाई फोनमार्फत् ३ करोड रुपैयाँ फिरौती माग गर्दै नदिएमा कम्प्लेक्स विष्फोट गर्ने चेतावनी दिएका थिए। फिरौती रकम नपाएपछि उनीहरूले कम्प्लेक्समा बम राखेका हुन्।

‘सञ्चालकसँग ३ करोड रुपैयाँ फिरौती मागेका रहेछन्। नपाएपछि बम राखेका रहेछन्,’ एसएसपी बोहराले पर्दाफाससँग भने।

कम्प्लेक्स विष्फोट गराउन बम राखिएको सूचनापछि नेपाली सेनाको टोलीले घटनास्थलमा गएर बम निष्क्रिय पारेको थियो।

पक्राउ परेका खत्रीमाथि अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको एसएसपी बोहराले बताए।

घटनामा संलग्न अन्य ३ जना भने अझै फरार रहेको र उनीहरूको खोजी भइरहेको एसएसपी बोहराको भनाइ छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर