कांग्रेस प्रमुख प्रतिपक्षको भूमिकामा सुरक्षित छ : उपसभापति खड्का

नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले नेपाली कांग्रेसले अहिलेको परिस्थितिको मूल्यांकन गरेर प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिएको बताएका छन्।

मंगलबार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्। उनले तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीको पालामा पनि परिस्थितिको मूल्यांकन गरेर नै सरकारको समर्थन गरेको र अहिले पनि विशेष परिस्थिति रहेका कारण सरकारको समर्थन गरेको बताए।

उनले भने, ‘२०५१ सालमा तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीको पालामा पनि हामी प्रमुख प्रतिपक्षमा थियौं। त्यो बेला पनि त्यसबेलाको परिस्थितिलाई ध्यानमा राखेर हामीले विश्वासको मत दिएका थियौं। त्यहीअनुसार यसपटक पनि मुलुकको परिस्थितिको ध्यान राख्दै, परिस्थितिलाई बुझेर हामीले विश्वासको मत दिएको हो। प्रमुख प्रतिपक्षको भूमिका सुरक्षित छ बोलेरै भोट हालेका छौ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर