६३ सांसदकाे समर्थनमा मधेस प्रदेशको मुख्यमन्त्री बने जसपाका सरोजकुमार यादव

मधेस प्रदेशको मुख्यमन्त्रीमा जनता समाजवादी पार्टी (जसपा) संसदीय दलका नेता सरोजकुमार यादव नियुक्त भएका छन्। प्रदेश प्रमुख हरिशंकर मिश्रले बुधबार यादवलाई मुख्यमन्त्री नियुक्त गरेका हुन्।

त्यसअघि यादवले ६३ सांसदको समर्थनसहित प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए। निवर्तमान सभामुखसमेत रहेका यादव बारा क्षेत्र नं. १ (२) बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए।

यादवलाई आफ्नो दल जसपाको १६, नेकपा एमालेका २३, जनमत पार्टीका १३, नेकपा माओवादी केन्द्रका ९, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल संघीय समाजवादी पार्टीका एक÷एक तथा स्वतन्त्र प्रदेश सभा सदस्यहरूसहित ६३ प्रदेश सांसदको समर्थन छ।

सत्ता साझेदार दलका शीर्ष नेताहरूबीच मधेस प्रदेश सरकारको नेतृत्व जसपा र जनमत पार्टीले आधा–आधा कार्यकाल गर्ने सहमति भएको छ। सोही सहमतिअनुसार जसपाले पहिलो कार्यकाल नेतृत्व गर्ने अवसर पाएको हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर