पृथ्वीनारायण शाहबारे विवाद गर्नु आवश्यक छैन : उपप्रधानमन्त्री श्रेष्ठ

उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिएर सरकारले नेपालको भौगोलिक एकीकरणका नायक पृथ्वीनारायण शाहको ऐतिहासिक कदमलाई स्थापित गरेको बताएका छन्।

पृथ्वी जयन्तीको अवसरमा बुधबार राष्ट्रिय प्रजातन्त्र पार्टीले काठमाडौंमा आयोजना गरेको चियापान कार्यक्रममा उनले नेपालको भौगोलिक एकीकरणको नायक पृथ्वीनारायण शाहबारे कुनै पनि विवाद गर्नुपर्ने आवश्यकता नरहेको बताए। उनले सञ्चारकर्मीहरूमाझ नेपालको भूभागको पुनःएकीकरण गर्ने काम पृथ्वीनारायण शाहले गरेको बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *