खराब मौसमका कारण नेपालगञ्जबाट हुने दैनिक उडान प्रभावित

हुस्सु र शीतलहरका कारण नेपालगञ्ज विमानस्थलबाट पहाडी भेगमा हुने दैनिक उडान प्रभावित बन्न थालेका छन्। नेपालगञ्ज विमानस्थलबाट पहाडी भेगमा हुने उडानहरू ढिलो र स्थगित हुने गरेका हुन्।

हरेक दिन जहाज एउटा मात्रै उडान भए पनि यात्रुहरु धेरै नहुने गरेको स्थानीयहरू बताउँछन्। जहाजको क्षमता १८ जनाको भए पनि जहाजमा सामानहरू भरेर करिब दैनिक १२ देखि १५ जना मात्रै हुने गरेको स्थानीयहरूले बताए। नेपालगञ्ज विमानस्थलबाट समान्य मौसममा दैनिक २० देखि २५ वटा उडान हुँदै आएको छ। विमान स्थालबाट काठमडाैं, पोखरालगायत विभिन्न पहाडी जिल्ला हुम्ला, जुम्ला, मुगु, बाजुरा, रूकुम जिल्लामा पनि उडान हुँदै आएको छ।

अहिले जाडो सिजनमा हुस्सु र शीतलहरका कारण विमानस्थलबाट हुने उडान प्रभावित हँुदै आएको नेपालगञ्ज नागरिक उड्डयन प्राधिकरणका प्रमुख सुरेशप्रसाद खनालले बताए। उनले बिहान हुने उडान मौसम खराबीका कारण दुईदेखि तीन घण्टा ढिलो हुने गरेको बताए।

चिसोका कारणले पहाडी भेगका मानिसहरू धेरै कम मात्रामा जहाजबाट यात्रा गरिरहेको प्रमुख खनालले बताए। उनले जहाजमा मानिसहरू यात्रा कम गर्न थालेपछि एयारलइन्सहरूले कार्गो गरिरहेको बताए।

यात्रुहरू अपुग भएपछि एयरलइन्सहरू मिलेर सीमित उडान गरिरहेको प्रमुख खनालले बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर