वाग्मतीका मुख्यमन्त्री जमरकट्टेलले भेटे प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग वाग्मती प्रदेशका नवनियुक्त मुख्यमन्त्री शालिकराम जमरकट्टेलले भेट गरेका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बिहान भएको सो भेटमा प्रधानमन्त्री दाहालले मुख्यमन्त्रीमा नियुक्त भएकामा जमरकट्टेललाई बधाई तथा शुभकामना दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

नवनियुक्त मुख्यमन्त्री जमरकट्टेल नेकपा (माओवादी केन्द्र)का नेता हुन्। नेकपा (एमाले)लगायत सत्ता साझेदार दलको सहयोगमा उनी सोमबार मुख्यमन्त्रीमा नियुक्त भएका थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *