ओखलढुंगामा बोलेरो दुर्घटना, ७ जना घाइते

ओखलढुंगामा बोलेरो जीप दुर्घटना हुँदा ७ जना घाइते भएका छन्।

बिहीबार बिहान सोलुखुम्बुको नेचासल्यान गाउँपालिकादेखि ओखलढुंगातर्फ आउँदै गरेको प्र–१–०२–००२ च २५३५ नम्बरको बोलेरो जीप ओखलढुंगाको सिद्धिचरण नगरपालिका–५ मा दुर्घटनामा परेको हो।

दुर्घटनाका घाइते सबैको ओखलढुंगा सामुदायिक अस्पतालमा उपचार भइरहेकाे छ। घाइतेमध्ये नेचासल्यान गाउँपालिका–३ का ७० वर्षीय दलिराम शर्माको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक देवेन्द्र दासले बताए।

बोलेरो जीपको ब्रेक फेल भएर दुर्घटना भएको हुनसक्ने अनुमान गरिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर