लुम्बिनीका मुख्यमन्त्री गिरीसहित २ मन्त्रीले लिए शपथ

लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले पद तथा गोपनियताको शपथ लिएका छन्। लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले मुख्यमन्त्री गिरीलाई बिहीबार पद तथा गोपनीयताको शपथ गराएका हुन्।

मुख्यमन्त्री गिरीलाई प्रदेश प्रमुख शेरचनले संविधानको धारा १६८ को उपधारा २ बमोजिम बुधबार मुख्यमन्त्रीमा नियुक्त गरेका थिए।

मुख्यमन्त्री गिरीसँगै अन्य दुई जना मन्त्रीले पनि शपथग्रहण गरेका छन्। एमालेबाट अर्घाखाँची १(१)बाट निर्वाचित चेतनारायण आचार्य र माओवादी केन्द्रबाट बाँकेको १ (१) बाट निर्वाचित कृष्णा केसीले मन्त्रीको शपथग्रहण गरेका हुन्। उनीहरू दुवै जनालाई मन्त्रालयको जिम्मेवारी भने दिइएको छै ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *