०.६६ प्रतिशत नगद लाभांश घोषणा गर्दै सकियो सिद्धार्थ बैंककाे २१औं वार्षिक साधारण सभा

सिद्धार्थ बैंक लिमिटेडकोे २१सौं वार्षिक साधारण सभा मिति बिहीबार सम्पन्न भएको छ। काठमाडौंंको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा बैंक सञ्चालक समितिका अध्यक्ष मनोजकुमार केडियाको अध्यक्षतामा साधारण सभा सम्पन्न भएको हो।

साधारण सभाले बैंकको चुक्ता पुँजी १२ अर्ब ५२ करोड ४४ लाख २६ हजार ८ सय ३१ रुपैयाँको १२.५० प्रतिशत बराबर १ अर्ब ५६ करोड ५५ लाख ५३ हजार ३ सय ५४ रुपैयाँ बोनस शेयर तथा ०.६६ प्रतिशत बराबर ८ करोड २३ लाख ९७ हजार ५ सय ४५ रुपैयाँको नगद लाभांश (बोनस शेयर कर प्रयोजनका लागि मात्र) प्रदान गर्ने लगायतका प्रस्तावहरू पारित गरेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *