प्रदेश १ का तीन मन्त्रीले लिए शपथ

 

प्रदेश नं. १ प्रदेश प्रमुख परशुराम खापुङले तीन मन्त्रीलाई पद तथा गोपनीयताको शपथ गराएका छन्। प्रदेश प्रमुखको कार्यालयमा आज आयोजित एक समारोहबीच दुर्गाप्रसाद चापागाईं, जीवन आचार्य र बुद्धिकुमार राजभण्डारीलाई कार्य विभाजन पछि तोकिने गरी मन्त्रीका रूपमा पद तथा गोपनीयताको शपथ गराइएको हो।

मुख्यमन्त्री हिक्मतकुमार कार्कीको नेतृत्वमा यही पुस २५ गते गठित मौजुदा मन्त्रिपरिषद्मा नेपालको संविधानको धारा, १६८ को उपधारा ९ बमोजिम प्रदेश मन्त्रिपरिषद् विस्तार गरिएको हो। शपथग्रहण समारोहमा मुख्यमन्त्री कार्की, प्रदेश सभाका सभामुख बाबुराम गौतम, प्रदेशसभाका सचिव गोपालप्रसाद पराजुलीलगायतको उपस्थिति रहेको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *