सन्दीपलाई फेरि राष्ट्रिय क्रिकेट टोलीको कप्तानी दिनुपर्छ : अधिवक्ता घिमिरे

अधिवक्ता सरोजकृष्ण घिमिरेले नेपाल क्रिकेट संघ क्यानले क्रिकेटको विकासका लागि सन्दीप लामिछानेलाई पुनः क्रिकेट टिमको कप्तानी दिनुको विकल्प नरहेको बताएका छन्। शुक्रबार सुन्धारास्थित केन्द्रीय कारागारमा क्रिकेटर लामिछानेलाई भेटेसँगै सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्।

सन्दीपले क्रिकेट खेल्न नपाएसँगै नेपाली क्रिकेटको स्तर खस्किरहेको अवस्थालाई मध्यनजर गरेर पुनः कप्तानको रूपमा क्यानले लामिछानेलाई जिम्मेवारी दिनुपर्ने बताएका हुन्। उनले बलात्कारको आरोप लागेसँगै क्यानले कप्तानीबाट हटाएको भए पनि जेलबाट छुटिसकेपछि भने लामिछानेलाई कप्तानीको जिम्मेवारी दिनुपर्ने बताए। उनले लामिछाने मुद्दाका कारण क्यानको निलम्बनमा परेको तर क्यानको कारबाहीमा नपरिसकेकाले पुनः कप्तानी दिनुपर्ने माग गरे।

अधिवक्ता घिमिरेले आज सन्दीपलाई अदालतले दिएको आदेशका बारेमा आफूले जानकारी गराएको बताए। उनले उच्च अदालतबाट फाइल जिल्ला अदालतमा जाने र जिल्ला अदालतमा धेरौटी जम्मा गरेर केही इन्टरनल काम पूरा गर्न पुनः कारागारमा जाने र त्यसपछि स्वास्थ्य परीक्षण गरी तारेखकका लागि जिल्ला अदालत पुगेर छुट्ने बताए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *