सुन्धारा जेलबाट अदालत लगियो सन्दीप लामिछानेलाई

बलात्कार आरोपमा २० लाख धरौटीमा रिहा हुन लागेका क्रिकेटर सन्दीप लामिछानेलाई जिल्ला अदालत काठमाडौं लगिएको छ।

शुक्रबार केन्द्रीय कारागार सुन्धाराबाट आवश्यक प्रक्रियाका लागि लामिछानेलाई अदालत लगिएको हो।

उच्च अदालत पाटनले एक किशोरीलाई बलात्कार आरोपमा लामिछानेलाई २० लाख धरौटीमा शर्तसहित रिहा गर्न आदेश दिएको थियो।

लामिछाने जिल्ला अदालत काठमाडौंको पुर्पक्षमा थुनामै रहने आदेशविरुद्ध उच्च अदालत गएका थिए।

लामिछानेलाई आवश्यक प्रक्रिया मिलाएर रिहा गर्ने तयारी भएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *