थुनुवा छुटाउन प्रहरीलाई घुस दिन खोजे, आफैं थुनिए

लागुऔषध मुद्दामा पक्राउ परेका व्यक्तिको मुद्दा मिलाई छुटाइदिएमा नगद ५० हजार रुपैयाँ दिने भन्दै प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोजेको अभियोगमा दुई जना पक्राउ परेका छन्।

पक्राउ पर्नेहरूमा धादिङको गल्छी गाउँपालिका–५ का ४१ वर्षीय अर्जुन तामाङ र सोही ठाउँका ३२ वर्षीय विरोध तामाङ रहेका छन्। उनीहरूलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।

उनीहरूले जिल्ला प्रहरी परिसर, भक्तपुरको कार्यालय परिसरमा खटिएको प्रहरीलाई फोन सम्पर्क गरी लागुऔषध मुद्दाको अनुसन्धानमा उक्त कार्यालयमा नियन्त्रणमा रहेका अभियुक्तको मुद्दा मिलाई छुटाइदिएमा नगद ५० हजार रुपैयाँ दिने बताएका थिए। थुनुवा छुटाउन पैसा लिएर गएका उनीहरूलाई नगद ५७ हजार ५ सय रुपैयाँ र २ थान मोबाइल फोनसहित प्रहरीले पक्राउ गरेको हो।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर