सरकार मुलुकलाई सुशासन र समृद्धि दिनेगरी अघि बढेको छ : जगप्रसाद शर्मा

सत्तारूढ नेकपा (माओवादी केन्द्र)का राष्ट्रिय सभाका सांसद जगप्रसाद शर्माले मुलुकलाई सुशासन र समृद्धि दिनेगरी सरकार अघि बढिरहेको दाबी गरेका छन्।

शुक्रबार राष्ट्रिय सभा बैठकमा विशेष समय लिएर बोल्दै उनले वर्तमान सरकार जनादेशअनुसार बनेको र त्यसले मुलुकको सुशासन र समृद्धिका लागि सुरुवाती दिनबाट सकारात्मक कदमहरू अघि बढाएको बताएका हुन्।

सांसद शर्माले वर्तमान सरकारले मुलुकलाई समृद्ध बनाउन ‘सम्भव छ र सम्भावना छ’ भन्ने देखाउनुपर्ने भएकाले सोहीअनुसार अघि बढ्ने विश्वाससमेत व्यक्त गरे। सरकारले राष्ट्रिय एकताका साथ मुलुकलाई अघि बढाउनुपर्ने भएकाले त्यसमा सबै राजनीतिक दलहरूले सहयोग गर्नुपर्ने उनको भनाइ थियो।

सांसद शर्माले वर्तमान गठबन्धन सरकार समाजवादउन्मुख राष्ट्र निर्माण गर्ने दिशातर्फ अग्रसर भइरहेको पनि बताए। जनताको अपेक्षा पूरा गर्दै अघि बढेमा मात्रै सरकार र राजनीतिक दलहरूले आफ्नो सुशासन र समृद्धिको मिशन पूरा गर्नसक्ने पनि स्पष्ट पारे।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर