विदेशी चलचित्रको कर होलसेलमा उठाएर नेपाली फिल्मलाई अफ्ठ्यारो नपार्नुस् : नवल खड्का

चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्काले विदेशी फिल्म नेपालमा भित्र्याउँदा उनीहरूबाट किनेर ल्याएको मूल्यअनुसारको कर लागू गर्न चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीलाई आग्रह गरेका छन्।

शुक्रबार काठमाडौंमा भएको चलचित्र निर्माताहरूको वृहत् भेला तथा छलफल अन्तरक्रिया कार्यक्रममा बोल्दै यस्तो बताएका हुन्। उनले विदेशी फिल्म किनेर ल्याएको मूल्यअनुसारको कर नउठाउने बोर्डको नीति न्यायोचित नभएको बताए।

अध्यक्ष खड्काले विदेशी फिल्म ल्याउँदा त्यसको कर होलसेलमा लिने नीतिले देशलाई घाटा हुने बताए। उनले चलचित्र व्यापार मात्रै नभएको भन्दै भाषा, संस्कृति, कला, भेषभूषा, राष्ट्रको विम्ब भएको बताए।

उनले कला, साहित्य देशको मेरुदण्ड भएकाले व्यापारको नाममा सहजै विदेशी चलचित्रहरूलाई निर्यात गरेर नेपाली चलचित्रहरूलाई अफ्ठयारो पार्ने स्थिति बन्द गर्नुपर्ने बताए। उनले नेपाली फिल्महरू हलमा चलेको पहिलो दिन नेपाली फिल्महरूलाई ६० प्रतिशतसम्म हलहरू उपलब्ध गराउनुपर्ने माग राखे।

अध्यक्ष खड्काले नेपाली चलचित्रमा लिइँदै आएको स्थानीय कर छुट गर्नुपर्ने र स्थानीय कर छुट निर्मातालाई फिर्ता दिनुपर्ने माग गरे।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर