बिना धितो कर्जा २५ लाख बनाउन माग गर्दै अर्थमन्त्रीलाई ध्यानाकर्षण

नेपाल राष्ट्रिय व्यवसायी महासंघले बैंकले प्रदान गर्दै आएको बिना धितो कर्जा २५ लाख बनाउन माग गर्दै अर्थमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाएको छ।

शुक्रबार महासंघको पदाधिकारीहरूको टालीले उप्रधान तथा अर्थमन्त्री पौडेललाई मन्त्रालयमा भेटेर बैंकले प्रदान गर्दै आएको बिना धितो कर्जा १५ लाखबाट वृद्धि गरेर २५ लाख बनाउन माग गर्दै ध्यानाकर्षणपत्र बुझाएको हो।

महासंघका अध्यक्ष कुमार कार्कीले बैंक तथा वित्तीय संस्थाको उच्च ब्याजदरका कारण व्यवसायीहरू व्यवसायबाट पलायन हुने अवस्था आएको भन्दै बैंकको ब्याजदर एकल अंकमा कायम गर्नुपर्ने माग राखे। उनले भन्सार दरबन्दीको महँगीका कारण बजार मूल्य बढेकाले भन्सार दरबन्दी घटाउन सुझाव दिए। उनले स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्न कच्चा पदार्थ आयातमा सहुलियत दिन माग राखे।

अध्यक्ष कार्कीले बैंकको कर्जा ड्रावल्टमा भइरहेको झन्झटिलो प्रक्रियाको अन्त्य गर्नुपर्ने बताए। उनले बैंकले घरजग्गा लिलाम गर्दा ३५ दिने सूचनालाई ६ महिना समय कायम गर्नुपर्ने बताए। उनले व्यापार व्यवसायका लागि वैज्ञानिक भाडादर कायम गर्न माग गरे। उनले केरुङ, खासालगायत चिनियाँ नाकामा नेपाली व्यवसायीलाई सहज रूपमा जान पाउनुपर्ने व्यवस्था गर्न माग पनि गरे।

त्यस्तै महासंघका पूर्वअध्यक्ष नरेश कटुवालले उद्योगी व्यवसायीहरूलाई बैंकको ब्याजदरका कारण परेको प्रभावको विषयमा अर्थमन्त्रीलाई ध्यानाकर्षण गरिएको बताए। उनले साना व्यवसायीहरूसँग अर्थ मन्त्रालले समन्वय गर्न माग गरेको बताए। उनले व्यसायीहरूलाई सहज पहुँच तथा भन्सार नाकामा सहजता ल्याउन र चोरी पैठारीको रोकथाम गर्न माग गरिएको बताए।

उनले पछिल्लो समय बजारमा देखिएको तरलता सहज बनाई व्यवसायीहरूका लागि सरकारले व्यवसायीमैत्री वातावरण बनाउनुपर्ने माग गरिएको बताए। उनले व्यवसायीहरूको मागमा अर्थमन्त्री सकारात्मक रहेकाले माग सम्बोधन हुने कुरामा विश्वस्त रहेको बताए।

त्यस्तै महासंघकी उपाध्यक्ष लक्ष्मी खड्काले बैंकहरूले व्यवसायीहरूलाई आत्महत्या गर्नुपर्ने अवस्थामा पुर्‍याएको भन्दै अर्थमन्त्रीसँग गुनासो गरिन्। उनले साना व्यवसायीहरूलाई बैंकले रोएर बस्नुपर्ने अवस्था बनाएकाले महासंघले उठाएका ३ वटा माग सम्बोधन गर्न आग्रह गरिन्।

उनले सरकारले एलसी खोल्न बन्द गर्दा व्यवसायीहरूले सामान ल्याउन समेत नसकेको बताइन्। उनले १६ करोडको स्टक देखाएर कर्जा लिने गरिन्थो तर अहिले १६ करोडको स्टक नभए पनि त्योभन्दा बढी कर्जा दिने गरेको बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *