पोखरा विमान दुर्घटना : ३२ जनाको शव निकालियो

पोखरामा भएको विमन दुर्घटनामा हालसम्म ३२ जानको शव फेला परेको छ।

काठमाडौंबाट पोखरा उडेको वाइटी ६९१ कल साइनको यती एअरलाइन्सको जहाज धावनमार्ग छुनुअगाडि नै दुर्घटनाग्रस्त हुँदा १५ जनाको मृत्यु भएको छ। जहाज अवतरणका क्रममा आगलागी भएको हो।

ठूलो हताहतीको आशंका गरिएको दुर्घटनामा अहिलेसम्म ३२ जनाको शव भेटिएको हो। उद्धार कार्य अझै जारी छ। अहिले सशस्त्र प्रहरीको कालिका गण, नेपाल प्रहरी र नेपाली सेनाको संयुक्त टोलीले उद्धार गरिरहेको छ।

६८ यात्रु र पाइलट, परिचारिकासहित कुल ७२ जना सवार उक्त जहाज बिहान १०ः३२ पोखरा उत्रनुअघि नै दुर्घटना भएको हा। सेती किनार विमानस्थलतर्फको पाखामा जहाज आगलागी भएको र मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ।

उक्त जहाजका क्याप्टेनहरू कमला केसी र ए खतिवडा हुन् भने एयर होस्टेसहरू के.राना र एस.आर. ठकुरी थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर