दुर्घटनाग्रस्त विमानमा ५ भारतीयसहित १५ विदेशी थिए सवार

पोखरामा आइतबार बिहान दुर्घटनाग्रस्त यती एयरलाइन्सको जहाजमा १५ जना विदेशी नागरिक सवार रहेको खुलेको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार दुर्घटनामा ४ जना चालक दलका सदस्यसहित कुल ७२ जना सवार थिए। जसमध्ये ५३ जना नेपाली, ५ जना भारतीय, रुसका ४ जना, आयरल्याण्डका एक, कोरियाका दुई, अर्जेन्टिनाका एक, अष्ट्रेलियाका एक र फ्रान्सका एक जना यात्रु रहेको खुलेको छ।

हालसम्म ३२ जनाको शव निकालिएको छ। दुर्घटनामा ३ जना बालबालिका पनि परेका छन्।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर