बालुवाटारमा मन्त्रिपरिषद्को आकस्मिक बैठक

मन्त्रिपरिषद्को आकस्मिक बैठक सुरु भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद्को आकस्मिक बैठक सुरु भएको हो।

पोखरामा यती एयरलाइन्सको विमान दुर्घटना भएपछि सो विषयमा छलफल गर्न र आवश्यक उद्धार तथा राहतको विषयमा निर्णय गर्न मन्त्रिपरिषद्को आकस्मिक बैठक बसेको एक मन्त्रीले जानकारी दिए।

मन्त्रिपरिषद्को बैठकअघि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले त्रिभुवन विमानस्थलस्थित कन्ट्रोल रूममा पुगेर विमान दुर्घटनापछिको उद्धारको अवस्थाको बारेमा जानकारी लिएका थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *