चालक दलका सदस्यसहित केहीको शव काठमाडौं ल्याइने

आइतबार पोखरामा यती एयरलाइन्स विमान दुर्घटनामा परी निधन भएका विमान चालक दलका सदस्य, विदेशी नागरिक र काठमाडौं घर भएकाहरूको शव काठमाडौं ल्याइने भएको छ।

दुर्घटनामा निधन भएकामध्ये पोखराका नागरिकको हकमा पोखरामै पोष्टमार्टम गरी आफन्तको जिम्मा लगाइनेछ भने काठमाडौं ल्याइने शवको हकमा काठमाडौंमै पोष्टमार्टम गरिनेछ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरका अनुसार विमानका चालक दलका सदस्य तथा विदेशी नागरिक र काठमाडौं घर भएकाहरूको शव काठमाडौं ल्याइनेछ। उनका अनुसार शवको पोष्टमार्टमका लागि शिक्षण अस्पताल महाराजगञ्जबाट तीन सदस्यीय विशेषज्ञ टोली पोखरा जाँदै छ।

माघ १ गते आइतबार बिहान काठमाडौंबाट पोखराका लागि उडेको यती एयरलाइन्सको कल साइन ‘नाईन एन–एनएसी’ ६९१ उडानको एटीआर–७२ विमान अवतरण हुनुअघि पोखराको सेती खोँचमा दुर्घटनाग्रस्त भएको थियो। विमानमा चालक दलका चार सदस्य र ६८ यात्रु गरी ७२ जना सवार थिए।

दुर्घटनापछि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा गोतखोरकोटोलीसहित विमानस्थको ‘रेस्क्यू एण्ड फायर फाइटिङ’ टोलीले उद्धार जारी राखेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर