प्रचण्ड र ओलीको बालकोट वार्तापछि उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बाेलाइयाे

उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बोलाइएको छ।

आज अपरान्ह ५ बजे उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्ने उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ‌ओलीबीच बालकोटमा छलफलपछि उच्चस्तरीय संयन्त्रको बैठक बोलाइएको हो।

उच्चस्तरीय राजनीतिक संयन्त्रको संयोजकमा सत्ता साझेदार दल एमालेका अध्यक्ष केपी शर्मा ओली छन्।

‘प्रधानमन्त्री र उच्चस्तरीय राजनीतिक संयन्त्र संयोजकबीच आज बैठक भयो। आजै अपरान्ह ५ बजे उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्दैछ,’ बालकोटमा पत्रकारहरूसँग आज संक्षिप्त कुराकानी गर्दै मन्त्री पौडेलले भने, ‘कसले कति मन्त्रालय लिने भन्नेजस्ता विषय आजको बैठकमा छलफल गरिन्छ।’

उनले मन्त्रिपरिषद विस्तार पनि छिट्टै हुने बताएका थिए।

यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पनि छिट्टै मन्त्रिपरिषद विस्तार गर्ने प्रतिक्रिया दिएका थिए। साथै पुस २६ मा प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने सबै दलहरूका शीर्ष नेताहरूको बैठक मंगलबार बस्ने भएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर