गण्डकीको उपसभामुखमा एमालेकी थापा निर्वाचित

गण्डकी प्रदेश सभाको उपसभामुखमा नेकपा (एमाले) की बीनाकुमारी थापा निर्वाचित भएकी छन्। सोमबार भएको निर्वाचनमा थापाको पक्षमा ३२ मत खसेको प्रदेश सभा सदस्य गोविन्दबहादुर नेपालीले जानकारी दिए।

उनका अनुसार उपसभामुख पदका अर्की उम्मेदवार नेपाली कांग्रेसकी पार्वती तामाङले २६ मत ल्याएकी थिइन्। प्रदेश सभाका कुल ६० सदस्यमध्ये सभामुख कृष्णप्रसाद धिताल तटस्थ बसेका थिए। कांग्रेसका एक जना प्रदेश सभा सदस्य मतदानमा अनुपस्थित रहे।

उपसभामुख थापालाई एमाले, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टी र नेकपा (एकीकृत समाजवादी)का प्रदेश सभा सदस्यले मत दिएका थिए।

थापाको प्रस्तावकमा एमालेका प्रदेश सभा सदस्य गोविन्दबहादुर नेपाली र समर्थकमा माओवादी केन्द्रका सुशीला सिम्खडा रहेका थिए। थापा समानुपातिकतर्फ बागलुङबाट निर्वाचित भएकी थिइन्।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *