सञ्चार तथा सूचना प्रविधिलाई जनताको सहज पहुँचमा पुर्‍याउँछु : मन्त्री शर्मा

नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सञ्चार तथा सूचना प्रविधिलाई जनताको सहज पहुँचमा पुर्‍याउनु आफ्नो प्राथमिकता भएको बताएकी छन्।

मंगलबार सञ्चार तथा सूचना प्रविधिमन्त्रीको शपथग्रहणपछि सिंहदरबारस्थित मन्त्रालयमा पुगेर कार्यभार सम्हाल्दै मन्त्री शर्माले सञ्चार तथा सूचना प्रविधिमा जनताको सहज पहुँच पुर्‍याउनु आफ्नो प्राथमिकता भएको बताएकी हुन्।

उनले सार्वजनिक संघ, संस्थानहरूलाई पनि प्रविधिमैत्री बनाउनेतर्फ ध्यान दिने बताइन्। उनले सेवाग्राहीलाई सूचनाको सहज पहुँच दिलाउँदै देशलाई नै प्रविधिमैत्री बनाउनेतर्फ ध्यान दिने उल्लेख गरे।

मन्त्री शर्माले हरेक नागरिककहाँ सूचना प्रविधि सहज र सुलभ ढंगले पुग्नुपर्नेमा जोड दिइन्। उनले सबै कामहरू प्रविधिमार्फत हुन सकेमा देशलाई समृद्धिको लक्ष्य हासिल गर्न सजिलो हुने उल्लेख गरिन्। उनले सार्वजनिक संस्थानहरूमा सहज ढंगले सञ्चार र प्रविधिको प्रयोग हुन नसक्दा समस्या परेको भन्दै ती सबैलाई प्रविधिमैत्री बनाउनुपर्नेमा जोड दिइन्।

उनले सञ्चार प्रविधिको विकासलाई अर्थतन्त्रले धान्न सक्नेजति अगाडि बढाउने पनि बताइन्।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *