एमालेका रामचन्द्र मण्डल मधेस प्रदेशको सभामुख निर्वाचित

मधेस प्रदेशको सभामुखमा सत्ता गठबन्धनबाट नेकपा (एमाले) का रामचन्द्र मण्डल निर्वाचित भएका छन्।

आज भएको निर्वाचनमा मण्डलको पक्षमा ७४ जनाले मत दिएका थिए भने विपक्षमा २९ जनाले मत दिएका थिए।

१०७ सदस्यीय प्रदेश सभामा १०३ जना सांसद मतदानमा सहभागी थिए।

सभामुखमा सत्ता गठबन्धनका तर्फबाट नेकपा (एमाले) का रामचन्द्र मण्डल र नेपाली कांग्रेसका तर्फबाट जङ्गीलाल रायले उम्मेदवारी दर्ता गराएका थिए।

कांग्रेसका जंगीलाल रायलाई नेकपा एसले पनि मतदान गरेको थियो।

कांग्रेसका २२ र समाजवादीका ८ जना सांसद छन्।

मण्डललाई सत्ता गठबन्धन घटक दल नेकपा एमाले, जनता समाजवादी पार्टी (जसपा), जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल संघीय समाजावादी र ४ स्वतन्त्र सांसदले पक्षमा मतदान गरेका थिए।

मण्डल धनुषा क्षेत्र नं. १ (ख)बाट दोस्रोपटक निर्वाचित सांसद हुन्। मत विभाजन एवं हस्ताक्षरमार्फत् भएको निर्वाचनमा मण्डल विजयी भएका हुन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *