चिनियाँ राष्ट्रपति र प्रधानमन्त्रीद्वारा पोखरामा भएको विमान दुर्घटनाप्रति दुःख व्यक्त

चिनियाँ राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्री ली खछ्याङले पोखरामा आइतबार बिहान भएको विमान दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन्।

राष्ट्रपतिले सीले सोमबार नेपाली समकक्षी विद्यादेवी भण्डारीलाई समवेदना सन्देश पठाउँदै विमान दुर्घटनाप्रति दुःख व्यक्त गरेका हुन्।

सन्देशमार्फत राष्ट्रपति सीले चिनियाँ सरकार र जनताको तर्फबाट नेपालमा भएको विमान दुर्घटनामा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली र शोक सन्तप्त परिवारप्रति गहिरो समवेदना प्रकट गरेका छन्।

यस्तै प्रधानमन्त्री लीले पनि सोमबार नेपाली समकक्षी पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सन्देश पठाउँदै दुर्घटनाप्रति दुःख व्यक्त गरेका हुन्।

आइतबार बिहान पोखरा–१५ स्थित सेती नदीको खोँचमा यती एयरलाइन्सको विमान दुर्घटना हुँदा चालक दलका ४ सदस्य र ६८ यात्रु गरी विमानमा सवार ७२ जनाकै मृत्यु भएको थियो। दुर्घटनामा परेका एक जनाको शव अझै भेटिएको छैन।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर