राजनीतिक इस्युहरूमा सबै दललाई सहकार्य गरेर अघि बढ्न प्रधानमन्त्रीको आह्वान

प्रधानमन्त्री पुष्पकमल दाहालले राजनीतिक इस्युहरूमा सहकार्य गरेर अघि बढ्न सबै राजनीतिक दलहरूलाई आह्वान गरेका छन्। मंगलबार अपराह्न आफ्नै सरकारी निवास बालुवाटारमा बसेको सर्वदलीय बैठकमा उनले सो आग्रह गरेका हुन्।

राष्ट्रियतालगायतका सबै राजनीतिक इस्युहरूमा सहकार्यका साथ अघि बढ्न बैठकमा प्रधानमन्त्रीले सबै दलहरूलाई आग्रह गरेको नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्। त्यस अवसरमा प्रधानमन्त्री दाहालले तटस्थताको भूमिका निर्वाह गर्नुपर्ने राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख पदको चयनबारे पनि छलफल गरेर अघि बढ्न सकिने खुला धारणा राखेको उनले बताइन्।

बैठकमा एमाले अध्यक्ष केपी ओलीले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिएको भन्दै सत्तारूढ दलहरूको तर्फबाट सबै राजनीतिक दलहरूलाई धन्यवाद दिए।

बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवाले आफ्नो पार्टी संसद्मा प्रमुख प्रतिपक्षको भूमिकामा रहेको उल्लेख गर्दै राष्ट्रिय इस्युहरूमा भने सहमति गरेर अघि जान तयार रहेको धारणा राखे।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर