वाणिज्य नीति संशोधन गर्ने मन्त्री भण्डारीको पहिलो निर्णय

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले वाणिज्य नीतिलाई पुनरावलोकन गर्नेसम्बन्धी पहिलो निर्णय गरेका छन्। उनले आज कार्यभार सम्हाल्दै उक्त निर्णयमा हस्ताक्षर गरेका हुन्।

मन्त्री भण्डारीले गत पुस १० गते मन्त्रीको शपथ लिएका थिए। उनी आज कार्यभार सम्हाल्न मन्त्रालय पुगेका थिए। मन्त्रालयमा मन्त्री भण्डारीलाई सचिवद्वय तोयानारायण ज्ञवाली र मधुकुमार मरासिनीले स्वागत गरेका थिए। स्वागत कार्यक्रममा मन्त्रालयका उच्चपदस्थ कर्मचारी र मन्त्रालयअन्तर्गतका सार्वजनिक संस्थानका प्रमुखहरूको सहभागिता थियो।

कार्यभार ग्रहणपछि मन्त्री भण्डारीले विदेशी भूमिमा श्रम गरिरहेका नेपालीलाई स्वदेशमा श्रम गर्ने वातावरण बनाउने गरी उद्योगधन्दाको विकास गर्न आफूले काम गर्ने बताए। यसका लागि अहिले भएका नीतिगत समस्यालाई छिट्टै किनारा लगाउने उनले प्रतिबद्धता व्यक्त गरे।

सरकारले ल्याएको २१ बुँदे साझा कार्यक्रममा समेटिएका विषयलाई पूरा गर्न मन्त्रालय केन्द्रित हुने मन्त्री भण्डारीको भनाइ थियो। यसका लागि रुग्ण उद्योगको पुनःस्थापना र साना तथा मझौला उद्योगको प्रवद्र्धनमा ध्यान दिइने उनले बताए।

आजको निर्णय प्रदेश सरकारका सम्बद्ध मन्त्रालयमा सुझावका लागि पठाइने र प्रदेशबाट प्राप्त सुझावलाई समेत समेटेर उक्त नीतिलाई अन्तिमरुप दिइने मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर