मधेस प्रदेशका मुख्यमन्त्री यादवलाई प्रदेश सभाको शतप्रतिशत विश्वास

मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई शतप्रतिशत विश्वासको मत प्राप्त भएको छ।

आजको प्रदेश सभा बैठकमा मुख्यमन्त्री यादवले सभामा उपस्थित एक सय दुईमध्ये सम्पूर्ण सदस्यको मत प्राप्त गरेका हुन्। सभामुख रामचन्द्र मण्डलले मुख्यमन्त्री यादवले विश्वासको मत पाऊँ भनी सभामा प्रस्तुत गरेको प्रस्ताव सर्वसम्मत पारित भएको घोषणा गरे।

मुख्यमन्त्री यादवलाई प्रदेश सभामा प्रतिनिधित्व गर्ने दशवटै दल र स्वतन्त्र सांसदले पनि विश्वासको मत दिएका हुन्। मधेस प्रदेश सभामा नेकपा(माओवादी केन्द्र)का दुई प्रदेश सभा सदस्यको शपथ ग्रहण बाँकी रहेकाले प्रदेश सभामा हाल एक सय पाँच सदस्य रहेका छन्।

पुस २७ गते मुख्यमन्त्रीको दाबी पेस गर्दा सत्ता गठबन्धन दल र दुई स्वतन्त्र सांसद गरी ६३ जनाको मात्रै समर्थन रहेकामा बुधबारको बैठकमा यादवले असाधारण अर्थात् उपस्थित सम्पूर्ण सदस्यको मत प्राप्त गरे। एक सय सात सदस्यीय मधेस प्रदेश सभामा नेकपा (एमाले) २४, नेपाली कांग्रेस २२, जसपा १६, जनमत पार्टी १३, माओवादी केन्द्र नौ, लोकतान्त्रिक समाजवादी पार्टी सात, नेकपा (एकीकृत समाजवादी) सात, राप्रपा, नेपाल संघीय समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी (एक/एक) र चार जना स्वतन्त्र प्रदेश सभा सदस्य छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर