आफ्नो सभामुखका उम्मेदवारलाई मतदान गर्न कांग्रेसको ह्विप

नेपाली कांग्रेसले सभामुख पदका आफ्नो पार्टीका उम्मेदवार ईश्वरीदेवी न्यौपानेलाई मतदान गर्न ह्विप जारी गरेको छ।

कांग्रेस प्रमुख सचेतक रमेश लेखकले बिहीबार पार्टीका सांसदहरूलाई अनिवार्य उपस्थित हुन, तटस्थ नरहन र उम्मेदवार न्यौपानेलाई सभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्तावका पक्षमा मतदान गर्न तथा देवराज घिमिरेलाई सभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्तावका विपक्षमा मतदान गर्न ह्विप जारी गरेका हुन्।

भोलि माघ ५ गते बिहान ११ बजे बस्ने प्रतिनिधि सभा बैठकमा नेपालको संविधानको धारा ९१ एवं प्रतिनिधि सभा नियमावली, २०७५ बमोजिम सभामुखको निर्वाचनसम्बन्धी उक्त प्रस्ताव प्रस्तुत हुँदैछ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *