विमान दुर्घटनाको बारेमा सदन र जनतालाई जानकारी गराउन कांग्रेसको माग

नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले सरकार सदनप्रति उदासीन, पीडित परिवारप्रति निरपेक्ष र जनताप्रति कर्तव्यविमुख हुन नमिल्ने बताएका छन्। बिहीबार प्रतिनिधि सभाको बैठकमा समय माग गरी बोल्दै उनले यस्तो बताएका हुन्।

उनले सरकारले विमान दुर्घटनामा परी निधन हुनेहरूको शव पहिचान भइसक्दासमेत आफन्तलाई बुझाउने प्रक्रियामा ढिलाइ गर्दा आफन्तमाथि झनै पीडा थपिएको बताए। उनले विमान दुर्घटनाको बारेमा उठेका सबै पक्षको सम्बोधन गर्न सरकारलाई निर्देशन गर्न पनि सदनको ध्यानाकर्षण गराए।

उनले संसद् बैठकमा विमान दुर्घटनामा परी निधन हुनेहरूको लागि सदनमा विषयवस्तु प्रवेश गराइने आश गरे पनि त्यसो हुन नसकेको बताए। माघ १ गते काठमाडौंबाट पोखरा उडेको यती एयरको विमान पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नजिकैको सेती खोँचमा दुर्घटना हुँदा ७२ जनाको निधन भएको थियो।

प्रमुख सचेतक लेखकले विमान दुर्घटनाको छानबिनका लागि सरकारले बनाएको ५ सदस्यीय छानबिन समितिले आफूलाई दिइएको समयभित्र अध्ययन प्रतिवेदन बुझाउने आशा गरेको बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर