नेमकिपालाई प्रमुख प्रतिपक्ष घोषणा गर्न माग

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले आफ्नो दललाई प्रमुख प्रतिपक्ष दल घोषणा गर्न माग गरेका छन्।

बिहीबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले प्रतिनिधि सभा बैठक स्थगित गरेर आफ्नो दललाई पहिला प्रमुख प्रतिपक्ष दल घोषणा गर्नुपर्ने बताए। सांसद सुवालले सरकारलाई समर्थन गर्ने दल नेपाली कांग्रेस कानूनी हिसाबले र विज्ञहरूको सुझावको आधारमा पनि प्रमुख प्रतिपक्ष दल बन्न नमिल्ने भएकाले आफ्नो दललाई प्रमुख प्रतिपक्ष दल घोषणा गरेर मात्रै प्रतिनिधि सभा बैठकलाई अघि बढाउन प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपतिशमशेर राणा र संघीय संसद् सचिवालयको ध्यानाकर्षण गराएका हुन्।

उनले कानूनी, व्यावहारिक र राजनीतिक रूपले नेपाली कांग्रेस विपक्ष दल हुन नसक्ने कुरा एमाले अध्यक्ष केपी ओलीलेसमेत बताएकाले पनि उसलाई विपक्ष दल मान्न नमिल्ने बताए।

सांसद सुवालले नेपाली कांग्रेसलाई प्रमुख प्रतिपक्ष दल मान्ने हो भने संघीय संसद्ले नेपालमा पश्चिमी शैलीको संसदीय व्यवस्था समाप्त भयो भनेर घोषणा गर्नुपर्ने धारणा समेत राखे।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर