हवाई दुर्घटनाको स्वतन्त्र छानबिनका लागि सरकारले सहयोग गरिरहेको छ : मन्त्री किराती

संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किरातीले हवाई दुर्घटनाको स्वतन्त्र छानबिन गर्न सरकारले सहयोग गरिरहेको बताएका छन्।

बिहीबार प्रतिनिधि सभामा पोखरामा भएको जहाज दुर्घटनाबारे जानकारी गराउन नेपाली कांग्रेसले माग गरेसँगै सरकारको तर्फबाट जानकारी गराउँदै हवाई दुर्घटनाको स्वतन्त्र छानबिन गर्न सरकारले सहयोग गरिरहेको बताएका हुन्।

उनले नेपालको हवाई सेवालाई सुरक्षित बनाउन सरकार गम्भीर रहेको बताए। उनले हवाई क्षेत्रलाई सुरक्षित बनाउन सरकार गम्भीर रहेको बताए। उनले मृतकहरूप्रति श्रद्धाञ्जली पनि व्यक्त गर्नुभयो ।

गत माघ १ गते पोखरामा यती एयरलाइन्सको जहाज दुर्घटनामा परेका ७२ मध्ये ७१ जनाको शव फेला परेको बताए। उनले अझै एक जना शिशुको शव खोजीकार्य जारी रहेको जानकारी दिए। उनले सरकारले खोजीकार्यमा नेपाल प्रहरी, नेपाली सेना,सशस्त्र प्रहरी बललगायतका निकाय निरन्तर लागेको बताए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर