गृह मन्त्रालय विधि र पद्धतिभन्दा बाहिर जाँदैन : गृहमन्त्री लामिछाने

उपप्रधान तथा गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले आम नागरिकलाई प्रत्यक्ष सरोकार राख्ने शिक्षा, स्वास्थ्यलगायतका विषयमा संसद्ले आवश्यक काम अघि बढाउन नसकेको बताएका छन्।

बिहीबार प्रतिनिधि सभाको बैठकमा सभामुखका उम्मेदवार देवराज घिमिरेको समर्थनमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले शिक्षा, स्वास्थ्यका विषयमा सरकार आवश्यक नीति बनाउन चुकेको बताए।

उनले सभामुखजस्तो गरिमामय पदलाई बचाउन आवश्यक रहेको बताए। उनले दलगत कुराभन्दा माथि उठेर आगामी दिनमा सभामुखले आफ्नो भूमिका निष्पक्ष रूपमा सम्पन्न गर्नुपर्ने बताए।

गृहमन्त्री लामिछानेले गृह मन्त्रालय आफ्नो विधि र पद्धतिभन्दा बाहिर नजाने प्रतिबद्धता व्यक्त गरे। उनले नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले फरार रहेका व्यक्ति संसद्मा भएको र पक्राउको माग गर्न आग्रह गरेको कुरालाई खण्डन गर्दै विधि र पद्धतिको पक्षमा गृह मन्त्रालय रहेको बताए। उनले मन्त्रालयले आफ्नो विधिअनुसार काम गर्दा दबाब र प्रभावमा नपार्न आग्रह गरे।

गृहमन्त्री लामिछानेले नेकपा एमालेबाट सभामुखका उम्मेदवार घिमिरेलाई प्रतिनिधि सभाको सभामुखमा विजयी गराउन सांसदहरूसँग आग्रह गरे।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर