गोंगबुबाट ७३१ थान नेपाली राहदानीसहित शंकास्पद ३ जना पक्राउ

काठमाडौं महानगरपालिका–२६ गोंगबुस्थित दुई होटलमा बसेका तीन जनाको साथबाट प्रहरीले ७३१ थान राहदानी बरामद गरेको छ।

गोंगबुको वीरेन्द्र ऐश्वर्य मार्गस्थित होटल सोना र होटल पल्लिकोटबाट ७३१ थान राहदानीसहित उनीहरू पक्राउ परेका हुन्।
पक्राउ पर्नेमा कञ्चनपुर बेदकोट नगरपालिका–३ घर भई टोखा नगरपालिका–९ म्याग्दी चोक बस्ने ४८ वर्षीय लोकजङ खड्का, सिन्धुलीको कमलामाई नगरपालिका–२ घर भई काठमाडौंको मित्रनगर बस्ने ४४ वर्षीय शेरनारायण श्रेष्ठ र गुल्मीको छत्रकोट गाउँपालिका–९ घर भई मित्रनगर बस्ने ३८ वर्षीय मीनबहादुर सो रहेका छन्।
ती होटलमा शंकास्पद व्यक्ति छन् भन्ने सूचनाका आधारमा गोंगबु प्रहरी प्रभागबाट अनुसन्धानका लागि प्रहरी टोली खटाइएको थियो।

उक्त टोलीले होटेल सोनाबाट शंकास्पद रूपमा रहेको ७१७ थान र होटल पल्लिकोटबाट १४ थान गरी ७३१ थान राहदानी बरामद गरेको प्रहरी प्रधान कार्यालयले जानाएको छ। बुधबार राति पक्राउ परेका उनीहरूका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर