राष्ट्रपतिका लागि समर्थन जुटाउने प्रयासमा लाग्छाैं : प्रदीप पौडेल

नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले कांग्रेसले राष्ट्रपतिको निर्वाचनमा आफ्नो पक्षमा समर्थन जुटाउने प्रयासमा आजदेखि नै लाग्ने बताएका छन्।

बिहीबार प्रतिनिधि सभाबाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै पौडेलले नेपाली कांग्रेस राष्ट्रपति निर्वाचनको लागि समर्थन जुटाउने प्रयासमा आजदेखि नै लाग्ने बताएका हुन्।

उनले अहिलेसम्म राष्ट्रपतिको लागि सहमति नभएकाले नेपाली कांग्रेसले राष्ट्रपतिको निर्वाचनमा उम्मेदवारी दिने बताए। उनले गठबन्धन कायम रहिरहेको अवस्थामा कांग्रेसले आफ्ना उम्मेदवारहरूलाई जिताउन मुस्किल भए पनि उम्मेदवारी दिएर समर्थन जुटाउन खोज्नु स्वाभाविक भएको बताए।

उनले नेपाली कांगे्रसले प्रधानमन्त्रीले सहमतिको आधारमा अगाडि बढ्ने भनेकाले विश्वासको मत दिएको पनि बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर