नेप्से परिसूचकमा सामान्य वृद्धि

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अंकले उकालो लागेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ५ दशमलव ७१ अंकले उकालो लागेर दुई हजार एक सय ७८ दशमलव ८१ मा पुगेको छ।

आजको कारोबारमा ठूला कम्पनीको शेयर कारोबार मापक सेन्सेटिभ परिसूचक एक दशमलब १५ अंकले उकालो लागेर चार सय १५ दशमलव ०५ मा पुगेको छ।

कारोबार भएकामध्ये ८५ कम्पनीको शेयर मूल्य वृद्धि हुँदा एक सय आठ कम्पनीको शेयर मूल्य घटेको छ भने कूल १४ कम्पनीको शेयर मूल्य स्थिर छ । आजको कारोबारमा विभिन्न कम्पनीका कुल ८२ लाख ४७ हजार छ सय ४६ कित्ता शेयर ३ अर्ब ४ करोड ४५ लाख २९ हजार ३ सय २९ रुपैयाँ मूल्यमा कारोबार भएको छ। आजको कारोबारपछि बजार पुँजीकरण ३१ खर्ब ४५ अर्ब ६३ करोड ५२ लाख १२ हजार २ सय ३३ रुपैयाँ पुगेको छ।

कारोबार रकमका आधारमा एनआईसी एशिया बैंक शीर्ष स्थानमा छ। यस बैंकको १८ करोड ४ लाख ४४ हजार ६ सय ५३ रुपैयाँ बराबरको शेयर कारोबार भयो। यस्तै रिडी पावर १२ करोड ३२ लाख २७ हजार ८ सय ६८, पिपल्स पावर १० करोड ४० लाख ५८ हजार ५ सय २, अपि पावर कम्पनी ९ करोड ४५ लाख ७५ हजार १ सय ५२ र नेपाल लाइफ इन्स्योरेन्सको ८ करोड ८२ लाख १२ हजार ७ सय रुपैयाँ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए।

नेप्सेका अनुसार आर्दश लघुवित्तको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ। मैलुङ खोला जलविद्युत् कम्पनी ९ दशमलव ५४, नेपाल पूर्वाधार बैंक ७ दशमलव २०, ग्रीन भेञ्चर्स ६ दशमलव ७१ र श्वेतगंगा हाइड्रोपावरका लगानीकर्ताले ६ दशमलव १० प्रतिशतले कमाएका छन्।

त्यस्तै कुमारी धनवृद्धि योजना ८ दशमलव ८९, लक्ष्मी लघुवित्त ५ दशमलव ४४, सिटिजन म्युचुअल फण्ड ३ दशमलव ८०, ग्लोबल आईएमई लघुवित्त ३ दशमलव ७७ र स्वाभिमान लघुवित्त कम्पनीको शेयर मूल्य ३ दशमलव ७२ प्रतिशतले घटेको छ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *