बेलायती राजदूतले भेटिन् गृहमन्त्री लामिछाने

नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेसँग शिष्टाचार भेटवार्ता गरेकी छन्।

गृह मन्त्रालयमा बिहीबार भएको भेटवार्तामा दुई देशको आपसी सम्बन्ध थप प्रगाढ बनाउने विषयमा कुराकानी भएको थियो।

भेटका अवसरमा सबैभन्दा पुरानो दौत्य सम्बन्ध रहेको नेपाल र बेलायतबीच सधैं सुमधुर सम्बन्ध रहदैँ आएको र आगामी दिनमा पनि द्विपक्षीय हित अभिवृद्धि गर्दै अघि बढ्ने विषयमा छलफल भएको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *