रास्वपाबाट इन्दिरा रानामगर उपसभामुखको उम्मेदवार बन्ने

राष्ट्रिय स्वतन्त्र पार्टीले इन्दिरा रानामगरलाई उपसभामुखको उम्मेदवार बनाउने भएको छ।

शुक्रबार बिहान बसेको रास्वपाको संसदीय दलको बैठकले रानालाई उपसभामुखको उम्मेदवार बनाउने निर्णय गरेको हो।

सत्तारूढ गठबन्धनबीच उपसभामुख रास्वपाले पाउने सहमति भएको छ।

सत्ता गठबन्धनकै तर्फबाट नेकपा एमालेका देवराज घिमिरे सभामुख निर्वाचित भइसकेका छन् ।

उपसभामुखमा आज उम्मेदवारी दर्ताको समय तोकिएको छ। भोलि बस्ने प्रतिनिधि सभा बैठकले उपसभामुख चयन गर्ने छ।

उपसभामुख उम्मेदवार हुन लागेकी इन्दिरा झापाकी हुन्। ५२ वर्षकी उनलाई रास्वपाले आदिवासी महिलातर्फबाट प्रतिनिधि सभामा समानुपातिक सांसद बनाएको थियो।

उनी बालअधिकार तथा समाजसेवाका क्षेत्रमा सक्रिय थिइन्। उनी बीबीसीको उत्कृष्ट प्रेरणादायी महिलाको सूचीमा परेकी थिइन्।

उनी बन्दी सहायता नेपालको संस्थापक अध्यक्षसमेत हुन्। बाआमा जेलमा परेकाहरूको छोराछोरीको हेरचाह र शिक्षाका क्षेत्रमा उनले सहयोग गर्दै आइरहेकी थिइन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *