वैदेशिक रोजगार ऐन संशोधन गर्न सरकार तयार : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले वैदेशिक रोजगार ऐन संशोधन गरी वैदेशिक रोजगार व्यवसायलाई पारदर्शी बनाउन सरकार तयार रहेको बताएका छन्।

शुक्रबार नेपाल वैदेशिक रोजगार व्यवसायी संघको २९औं वार्षिक साधरण सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले श्रममन्त्री र सचिवसँग राम्रो जानकारी लिएर श्रम ऐन संशोधनदेखि वैदेशिक रोजगार व्यवसायलाई पारदर्शी र सम्मानित बनाउन तयार रहेको बताएका हुन्।

उनले वैदेशिक रोजगारीको क्षेत्रमा रहेका धेरै विकृति विसंगतिहरू रोक्न व्यवसायीहरूको सहयोगको आवश्यकता रहेको बताए।

समयअनुसार वैदेशिक रोजगार व्यवसायलाई सम्मानित, पारदर्शी, प्रभावकारी बनाउने र अवाञ्छित र गलत क्रियाकलापहरूलाई निरुत्साहित गर्ने प्रक्रियामा केही प्रगति भइरहेको बताए।प्रधानमन्त्री दाहालले हेरक क्षेत्रमा जनता र राष्ट्रको निम्ति केही नयाँ सुरुवात गर्ने प्रतिबद्धता व्यक्त गरे।

प्रधानमन्त्री दाहालले वैदेशिक रोजगार व्यवसायीहरूले नै वैदेशिक रोजगारीको क्षेत्रमा देखिएका विकृति विसंगतिहरूलाई रोक्न सहयोग गर्न आग्रह गरे। उनले व्यवसायीहरूले सरकारलाई सहयोग गर्दा सरकार मैत्रीपूर्ण सम्बन्ध कायम गर्न तयार रहेको पनि बताए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर